Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

चुनावका लागी मनोनयन दर्ता शुरु

बैशाख ११, गोरखा । स्थानीय तह निर्वाचनका लागी आइतवारबाट मनोनयन दर्ता शुरु भएको छ । राजनीतिक दलका उम्मेदवारहरुले सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन थालेका छन् ।

Advertisement

आइतवार गोरखा नगरपालिकाको मेयरमा दुई जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताए । मेयरका लागी विप्लव समूहका योगेन्द्र कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट कृष्ण बहादुर तामाङले पनि मेयरका लागी उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयरका लागी सोही पार्टीका मनसु गुरुङको उम्मेदवारी परेको छ । आइतवार बिभिन्न पदका लागी दश जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत केसीले जानकारी दिए । पालुङटार नगरपालिकाको मेयर र उपमेयरमा कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए । वडाध्यक्षका लागी भने परिवार दल र राप्रपाका एक÷एक जनाको उम्मेदवारी परेको उनले जानकारी दिए ।
सिरानचोक गाउँपालिकाको अध्यक्षमा राप्रपाका जय प्रकाश बगालेले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्ष र सदस्यका लागी कुल १९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए ।

अजिरकोट गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनबाट एक जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष र सदस्यमा पाँच जनाको उम्मेदवारी परेको बताइएको छ ।

धार्चे गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्षका लागी मनोनयन दर्ता गराएका छन् । वडाध्यक्ष र सदस्यका लागी पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत निराज कुमार खत्रीले बताए ।
चुमनुव्री गाउँपालिकामा अध्यक्ष पद सहित ६ जनाको उम्मेदवारी दर्ता भएको छ । तर निर्वाचन अधिकृत नानी बाबु पोखरेलले पार्टी र नाम खुलाउन चाहेनन् ।

गण्डकी गाउँपालिकाको अध्यक्षमा राप्रपाका अम्बिका रुपाखेती र मंगोल नेशनल अर्गनाइजेसनका गंग बहादुर रानाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा राप्रपाका बाबुराम रेग्मीको उम्मेदवारी परेको छ । वडाध्यक्ष र सदस्यमा तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत बासुदेव रेग्मीले बताए ।

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी परेको छ । बिभिन्न पदका लागी कुल १५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शेषकान्त पौडेलले बताए ।

शहिद लखन थापा गाउँपालिकामा वडाध्यक्षका लागी एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा रामजी पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने आरुघाट गाउँपालिकाको अध्यक्षमा राप्रपाका ढंग बहादुर रोकाले उम्मेदवारी दिएका छन् । जिल्लाका मुख्य दलहरुले भने सोमवार मनोनयन दर्ता गराउने भएका छन् । उम्मेदवार छनोटमा ढिलाइ भएका कारण आइतवार उनीहरुले मनोनयन दर्ता गर्न नसकेका हुन् ।

आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.