बैशाख १६, गोरखा ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ९ जना जनप्रतिनिधि पदमा एकल मनोनयन परेको छ । वडा नम्बर ६ को अध्यक्ष र ३ जना वडा सदस्यमा एक जनाको मात्र मनोनयन दर्ता भएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले जनकारी दिए ।
वडा नम्वर ६ को अध्यक्षमा सरोज लामा, वडा सदस्यमा सोनाम लामा, थिले ग्याम्जो लामा र डोल्मा लामाले मात्र मनोनयन गराएका छन् । वडा नम्बर १ को वडा सदस्यमा सन्डुप लामा, डेजेन डोल्मा लामा र पासाङ लामाको एकल उम्मेदवारी परेको उनले जानकारी दिए ।
त्यस्तै वडा नम्वर २ को दलित महिला सदस्यमा लाक्पा डिकी बिक र वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्गोको एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































